सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

१० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
१० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
काठमाण्डौं, कात्तिक ९ :

भारतका  पूर्वी राज्यहरू उडिसा (पहिले उडिसा) र पश्चिम बङ्गालमा आउँदै गरेको चक्रवातको मार्गबाट करिब १५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आगामी २४ घण्टामा आउने अनुमान गरिएको दाना चक्रवातबाट हुने क्षति न्यूनीकरणका लागि हजारौं राहतकर्मीहरु पनि परिचालन गरिएको छ ।

ती क्षेत्रहरुमा यसअघि नै यातायात सेवा प्रभावित भएको छ भने कैयौँ रेल तथा उडान रद्द भएका छन् ।

भारतको मौसम विभागले बङ्गालको खाडीमा बनेको न्यून चापीय रेखा बिहीबार साँझसम्ममा भीषण चक्रवाती आँधीमा परिणत हुने अनुमान गरेको छ ।

आँधीले तटीय क्षेत्रमा १ सय देखि १ सय २० किलोमिटर प्रतिघण्टा (६२–७४ माइल प्रतिघण्टा) को गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले बुधबार चक्रवातको चपेटामा परेका जिल्लाका बासिन्दाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको बताएका छन् ।

प्रभावित राज्यका अधिकारीहरूले खाना,पानी र स्वास्थ्य सुविधा सहितको अस्थायी राहत शिविर तयार पारेको बताईएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार