आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
प्रदेश कर्णाली प्रदेश खेलकुद

मङ्सिर १६ देखि दसौँ राष्ट्रिय खेलकुद, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने

भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ कात्तिक, २०८३ मा प्रकाशित
मङ्सिर १६ देखि दसौँ राष्ट्रिय खेलकुद, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
सुर्खेत, कात्तिक २४ :

कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ ।

आगामी मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने उक्त प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ ।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअघि मङ्सिर ८ गतेदेखि नै खेल सुरु हुनेछ । त्यसअवधिमा  पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ । सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्सल आट्र्सका खेल सञ्चालन हुनेछन् ।

प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन् ।यसैगरी, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । त्यस्तै, कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोट्र्स र सेपाकताक्रो पनि सोही स्थानमै खेलाइने छ ।

कर्णाली प्रदेशका अन्य जिल्लामा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेल विभाजन गरिएको छ । आयोजक कमिटीका अनुसार, दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछ ।त्यस्तै पौडी र सुटिङका खेल भने नेपालगन्ज र टेनिस र खो–खोका खेल बर्दियामा सञ्चालन गरिने कार्यक्रम बनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार