कञ्चनपुर, कात्तिक १० :
लालझाडी गाउँपालिका- १ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले दुवै जनालाई आज बिहान मृत फेला पारिएको बताउनुभयो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।
मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको, घटनास्थलमा रगत पनि देखिएकाले घटना शङ्कास्पद रहेकोले अनुसन्धान थालिएको प्रनाउ जोशीले बताए ।