आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

बिहान ५ः०० बजेपछिमात्र बल्खुबाट छुट्न पाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने
काठमाडौं, कात्तिक २७ :

काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ः०० बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।

उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधन बिहान ५ः०० बजेपछिमात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौँ जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिए ।

काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका छसहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार