आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश कर्णाली प्रदेश

मुगु जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
मुगु जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो
मुगु, कात्तिक ३० :

काठमाडौँबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप  उपचारका लागि आज सुर्खेत पठाइएको छ ।

उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।  

मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार