आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार भिडियो

काठमाडौं महानगरले मंसिर ७ देखि जलवायु कार्य सप्ताह आयोजना गर्ने

जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरणको प्रयास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ दिन अगाडि प्रकाशित
काठमाडौं महानगरले मंसिर ७ देखि जलवायु कार्य सप्ताह आयोजना गर्ने
काठमाडौं, मंसिर ३ :

काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने भएको छ ।

महानगरले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहि प्रयास थालनी गर्ने उदेश्यका साथ  जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो ।

सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ । जसमा नीतिगत तथा राजनीतिक संवाद/राउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली र फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवा जलवायु कार्य दिवस, खाद्य प्रणाली, र अन्तिम दिन नागरिक समाज/दायित्व तथा ’काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम समावेश रहेको काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।

जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई एउटै मञ्चमा ल्याई कार्यान्वयन तहमा तत्काल कार्य थालनी गर्ने लक्ष्य राखिएको उनले बताइन् । डंगोलले जाडो महिनामा चिसोसँगै वायु प्रदूषण बढ्ने र काठमाडौँ उपत्यका प्रदूषित सहरको सूचीमा माथिल्लो क्रममा पर्ने गरेकाले वायु प्रदूषण सम्बोधन गर्ने कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन् ।

जलवायु कार्य सप्ताह अन्तर्गत विद्यालयहरूमा फोहोर वर्गीकरण, वृक्षरोपण तथा इको क्लब गतिविधि, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि जलवायुसम्बन्धी भिडियो प्रतियोगिता आयोजना गरिने समेत महानगरले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार