आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश बागमती प्रदेश

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द
फाइल तस्वीर ।
चितवन, मंसिर ४ :

पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणको काम गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माण तथा मर्मत गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।

अर्को सूचना जारी नभएसम्म दैनिक उक्त समयमा राजमार्गमा सवारी आवागमन बन्द रहने जनाइएको छ। सडक निर्माणको काम कति दिनसम्म चल्ने र दैनिक सवारी रोक्नुपर्ने भन्ने यकिन भइनसकेको बताइएको छ।

निर्माण कार्यका क्रममा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमै रोकिनेछ। त्यस्तै, नारायणगढ हुँदै आउने सवारीसाधनलाई जुगेडी र आँपटारीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ। केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोक्ने व्यवस्था गरिनेछ। 

सडक निर्माणका कारण यात्रामा प्रभावित हुन सक्ने भएकाले उक्त राजमार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई समय व्यवस्थापन गरी यात्रा गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार