आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार अर्थतन्त्र खेलकुद

‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि पुन र रावललाई

सक्रिय न्युज · १६ घण्टा अगाडि प्रकाशित
‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि पुन र रावललाई
काठमाडौं, मंसिर ६ :

गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि तीर्थकुमार पुन र राज्य रावलले प्राप्त गरेका छन् ।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित १० किलोमिटरको ‘गरिमा रोड रेस’ प्रतियोगिताको पुरुषतर्फ पुन र महिलातर्फ रावल प्रथम भएका हुन् ।

पुनले ३१ मिनेट ५० सेकेन्ड र रावलले ३९ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गरे । प्रथम भएसँगै उनीहरूले रु ५० हजार नगद प्राप्त गर्नुभएको छ । त्यस्तै, कर्पोरेटतर्फ पाँच किलोमिटरतर्फ पुरुषमा इश्वर बुढाथोकी र महिलामा दिव्या विष्ट प्रथम हुनुभएको छ । बुढाथोकीले १९ मिनेट २८ सेकेन्ड र विष्टले २६ मिनेट ५७ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गर्नुभयो । उहाँहरूलाई नगद रु ३० हजार पुरस्कार प्रदान गरिएको छ ।

दश किलोमिटर दूरीको प्रतियोगितामा दोस्रो हुने रु ३५ हजार, तेस्रो हुनेलाई रु २० हजार, चौथो हुनेलाई रु १५ हजार र पाँचौँ हुनेलाई रु १० हजार प्रदान गरिएको छ । यसैगरी, कर्पोरेटतर्फ दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १५ हजार, चौथो हुनेलाई रु १० हजार र पाँचौँ हुनेलाई रु पाँच हजार प्रदान गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले  जानकारी दिए ।

कार्यक्रममा एक हजार ४०० भन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ । उक्त बैंकले २०औँ वार्षिकोत्सव यही मङ्सिर ७ गते सोमबार एक कार्यक्रमका बीच आयोजना गरी मनाउने जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार