
काठमाण्डौं, कात्तिक ११ :
इजरायलले इरानमा सैन्य लक्षित आक्रमण गरेको छ ।
तेहरान र उसका सहयोगीहरूले अक्टोबर ७ देखि इजरायलमाथि निरन्तर आक्रमण गरिरहेको प्रतिक्रियाको रूपमा इरानमा आक्रमण गरिरहेको ईजरायलले बताएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार आज बिहान इरानको राजधानी तेहरानमा कैयौँ विस्फोट भएको समाचार छ ।
अमेरिकाले भने इरानविरुद्ध इजरायली सैन्य कारबाहीमा भाग नलिने अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।