शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
राजनीति

मन्त्रिपरिषद्को वरीयता फेरबदल, सोबिता गौतम सातौँबाट तेस्रो स्थानमा

मन्त्रीहरु शिशिर खनाल, विराजभक्त श्रेष्ठ, सुधन गुरुङ र सुनिल लम्सालको वरीयता एक-एक स्थान तल झारियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १० घण्टा अगाडि प्रकाशित
मन्त्रिपरिषद्को वरीयता फेरबदल, सोबिता गौतम सातौँबाट तेस्रो स्थानमा
काठमाडौं, मंसिर १० :

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ व्यवस्थाअनुसार सातौँ वरीयतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याइएको छ।

यसअघि मन्त्रिपरिषद्को तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका थिए। सोबिता गौतम तेस्रो वरीयतामा उक्लिँदा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल झारिएको छ।

यो फेरबदलसँगै उनी अब पार्टी र सरकार दुबैमा तेस्रो वरीयतामा छिन् । पार्टीको वरीयताअनुसार नै मन्त्रिपरिषद्मा पनि उहाँको वरीयता माथि सारिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट गौतम  उपसभापतिमा निर्वाचित भएकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार