शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
राजनीति भिडियो

भीम रावलको आरोप : बालेन्द्र शाह पनि सत्ता स्वार्थका लागि भारतसामु लम्पसार परे

भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवादको विषय नउठाइएको भन्दै सरकारको आलोचना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १० घण्टा अगाडि प्रकाशित
भीम रावलको आरोप : बालेन्द्र शाह पनि सत्ता स्वार्थका लागि भारतसामु लम्पसार परे
काठमाडौं, मंसिर १० :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हित विपरीत सम्झौता भएको भन्दै सत्ता स्वार्थका लागि विदेशीसामू लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहरिएको टिप्पणी गरे ।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँदै सरकार तथा प्रधानमन्त्रीसँग जवाफ माग गरे । भारतको सुरक्षासम्बन्धी निकायले तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको भनाइ छ । नेता रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै हितमा आधारित हुनुपर्ने उल्लेख गरिन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले दुई जना पूर्व श्रममन्त्रीको गिरफ्तारीको प्रसंगमा रास्वपाका नेता पनि जोडिँदा किन कानुन आकर्षित नभएको भन्दै प्रश्न गरे । सुशासनका लागि कानुन मान्ने, विधिबाट चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार