काठमाडौँ, कात्तिक १२ :

काठमाण्डौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लागेको छ । शुक्रबारबाट सुरु भएको तिहार लक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो ।

नर्सरी व्यवसायी संघ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न,आत्मनिर्भर बन्न र युवा स्वरोजगार सिर्जना गर्ने उद्धेश्यले पुष्प मेला आयोजना गरिएको आयोजकको भनाई छ । उक्त मेलामा ६५ वटा व्यवसायीक,३ वटा प्रतिस्पर्धा,२ वटा अफिसियल र ३ वटा फूड गरी ९३ वटा स्टलहरु राखिएका छन् ।

मेलामा ४ सय भन्दा बढी प्रजातिका फूलहरु राखिएका छन् । प्रदर्शनीमा विभिन्न जातका आकर्षक फूलहरु राखिएका छन् ।