
काठमाण्डौँ , कात्तिक १३ :
उच्च मूल्यबाट आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर हालसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।