
सिरहा, कात्तिक १४ :
लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ ।
सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गरिइएको छ ।
यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।
उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताउनुभयो ।
अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।