
काठमाण्डौँ , कात्तिक १४ :
मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको छैठौँ स्मृति दिवस मनाइदै छ ।
दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठान सहित विभिन्न संस्थाहरूले आज शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रमको आयोजना गरेका छन् ।
तुलाधरको शालिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यत्तित्वहरुले पुष्पगुच्छा सहित श्रद्धाञ्जलि अर्पण गर्दै सम्मान प्रकट गरेका छन् ।