काठमाण्डौँ , कात्तिक १५ :

हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

हाल पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । 

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी  प्रदेशका पहाडी भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।