काठमाण्डौं, कात्तिक १८ :

अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसले जर्जिया,भर्जिनिया र नर्थ क्यारोलिनामा आज विभिन्न र्यालीको नेतृत्व गरिरहेका छन् ।

दुवै राष्ट्रपति पदका उम्मेदवारले नर्थ क्यारोलिना राज्यको मुख्य युद्धभूमिमा प्रतिस्पर्धात्मक कार्यक्रमका साथ अघि बढिरहेका छन् ।

दुवैले हिजो विस्कन्सिनमा छुट्टाछुट्टै र्याली निकालेका थिए ।  

ह्यारिसको जितले अमेरिकी अर्थतन्त्रलाई तहसनहस पार्ने ट्रम्पको भनाइ थियो भने र्यापर कार्डी बीको साथमा ह्यारिसले ट्रम्पको ट्रयाक रेकर्डलाई कामकाजी मानिसहरूका लागि विपत्तिको रूपमा वर्णन गरेका थिए।

ह्वाइट हाउसको लागि दौड तीन दिन बाँकी छदा हालसम्म सात करोडभन्दा बढी मानिसले मतदान गरिसकेका छन्।