
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहि देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।