बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार खेलकुद क्रिकेट

विश्वकप लिग- टुः नेपाल र स्कटल्यान्डले अङ्क बाँडे

· मंगलबार, २१ कात्तिक, २०८१ मा प्रकाशित
विश्वकप लिग- टुः नेपाल र स्कटल्यान्डले अङ्क बाँडे
काठमाण्डौँ , कात्तिक २१ :

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । 

गएराति भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार