
काठमाण्डौँ , कात्तिक २२ :
नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता भएको छ ।
टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै आधिकारिक रुपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता गर्न पत्राचार गरेको छ ।
सरकारले राखेका शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।