
काठमाण्डौँ , कात्तिक २२ :
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिनुभएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिनुभएको हो ।
उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाइसकेको बताउनुभयो ।
भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताउनुभएको छ ।