बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

आज नेपाल र थाइल्याण्ड प्रतिश्पर्धा गर्दै

· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
आज नेपाल र थाइल्याण्ड प्रतिश्पर्धा गर्दै
CAN
काठमाडौँ, कात्तिक २२ :

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको खेल अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग खेल्दैछ ।

 यूएईमा हुने खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

 दोस्रो खेलमा नेपालले भोलि बिहान सवा ११ बजे कुबेतसँग खेल्नेछ ।

 तेस्रो खेलमा नेपालले शनिबार यूएइको टोलीसँग खेल्नेछ । 

यस्तै, आगामी आइतबार नेपालले पुनः थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने  कात्तिक २७ गते नेपाल र कुबेतबीत दोस्रो खेल हुनेछ । 

यसगरी कात्तिक २८ गते नेपाल र यूएईबीच दोस्रो प्रतिस्पर्धा हुनेछ । 

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल खेल्नका लागि नेपाल क्रिकेट सङ्घ क्यानले पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार