काठमाण्डौँ , कात्तिक २३ :

उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व- २०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

एक प्रेस विज्ञप्ति जारी गर्दै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो । 

उपसभामुख रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आँकाक्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको बताउदै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्नुभएको छ।