काठमाण्डौं, कात्तिक २४ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका सहयोगी सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण र व्यवस्थित संक्रमणको प्रतिबद्धता व्यक्त गर्दै उपराष्ट्रपतिको प्रेरणादायी अभियान'प्रति प्रशंसा व्यक्त गरेका थिए।

साथै ट्रम्पले अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका मानिसहरूलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजना पूरा गर्नु बाहेक अरु कुनै विकल्प नभएको बताएका छन्।

यसैबीच ट्रम्पले निर्वाचन जितेसंगै भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् ।क्रेमलिनले अमेरिका र रुसबीचको सम्बन्ध लाई नयाँ बनाउने आशा राखेको छ ।