पर्सा, कात्तिक २४ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई- मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ । 

परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई- मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपालि पूरा भएको बताउनुभयो ।

हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उहाँले भन्नुभयो, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।” 

महामन्त्री थापाले काठमाडौँको भन्दा तराई- मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभयो ।

महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आ- आफ्नै विशेषता रहेको पनि बताउनुभयो ।