ललितपुर, कात्तिक २४ :

ललितपुरको पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सञ्चालन भइरहेको छ ।
 
कार्तिक नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । 
कार्तिक नाच तीन सय त्रियासी वर्षदेखि चल्दै आएको नाच हो । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृतिको रुपमा रहेको छ । 

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा यो नाच नाचिन्छ । 

सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कार्तिक नाच’ चलाएको जनविश्वास छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । 

यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्याएको भनिन्छ । २७ दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस दिनमा खुम्च्याइएको छ ।
 
अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि भन्दै आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको यस नाचका सर्जकहरु बताउछन् । 
कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम पनि बनेको छ ।

मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो । 

लामो समय नाच देखाउन आर्थिक अभाव हुनेएउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

कलाकारहरुले व्यावसायिक रुपले यस क्षेत्रमा समय दिन नसक्ने,कलाकारहरु विदेश पलायन हुँदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या रहेको छ । 
नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रुपमा रु दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रुपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रुपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ । साथै कलाकारलाई पढ्नका लागि छात्रवृत्ति तथा स्वास्थ्य क्षेत्रमा बिमाको व्यवस्था गर्ने समेत रहेको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।