
काठमाण्डौँ , कात्तिक २६ :
हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सफा रहनेछ ।
पहाडी भू- भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सफा रहनेछ ।
देशका पहाडी भू- भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।