काठमाण्डौँ , कात्तिक २६ :

काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन सुरु भएको छ ।
      
समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुनेछ।
      
ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । 

सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिनुभएको समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिनुभयो ।
      
अध्यक्ष नेपालले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यान शिविर सञ्चालन गरिएको बताउनुभयो ।