काठमाण्डौँ , कात्तिक २६ :

प्रहरीले कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा पक्राउ गरिएको र उहाँलाई काठमाडौँ पठाउने तयारी भइरहेको कोशी प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । 

तस्करीको आरोप लागेपछि उहाँले केहीदिन अघि मात्रै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।