काठमाण्डौँ , कात्तिक २७ :

राष्ट्रपति रामचन्द्र पौडेलको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्हाल्दै हुनुहुन्छ । 

हिजो साँझ राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गरेपनि उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोक्नुभएको हो । 

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप- २९) मा भाग लिन जानुभएको हो। 

राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।