
काठमाण्डौं, कात्तिक २७ :
काठमाण्डौंको कमलादीस्थित टुकुचा खोलामा गत साउनमा सडक भासियो । सडक भासिएको यतिका समय सम्म पनि सडकको निर्माण हुन सकेको थिएन ।
काठमाण्डौंको व्यस्त सडकमा भ्वाङ परेपछि सडक नै बन्द गरिएको थियो ।
गत साउन अन्तिम साता भासिएको सो सडकको निर्माणको काम अहिले भने सडक विभागले सुरु गरेको छ ।