
पोखरा, कात्तिक २८ :
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज रूपन्देही लगिएको छ।
विमान मार्फत कास्कीबाट बिहान भैरहवा विमानस्थल हुँदै बुटवल लगिएको कास्की प्रहरीले जनाएको छ ।
रूपन्देहीमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पनि रवि लामिछानेको खातामा पैसा गएको देखिएकाले त्यसबारे अनुसन्धानका लागि उहाँलाई लागिएको प्रहरीले बताएको छ।
रूपन्देहीका एका प्रहरीका अनुसार आजैबाट लामिछानेसँग बयान लिने तयारी भएको जनाइएको छ ।