
काठमाण्डौँ , कात्तिक २८ :
प्रहरीले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेको छ।
मनाङेलाई काठमाडौँको सानोभर्याङबाट पक्राउ गरेको प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले पुष्टि गरेको छ।
सिआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आज विहान उनलाई सानो भर्याङबाट पक्राउ गरेर अहिले व्यरोको केन्द्रीय कार्यालयमा राखिएको छ।
सर्बोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।
सर्वोच्चको फैसलासँगै मनाङेको सांसद पद निलम्बन भइसकेको छ ।
फैसलापछि लुकेर बसेका मनाङेले विज्ञप्ति निकालेर आँफै अदालत हाजिर हुने जनाएका थिए ।