सुर्खेत, कात्तिक २९ :
सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छिन् ।
५० वर्षीया मन्दिरकी पुजारी सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ।
पुजारी मृत फेला परेपछि मन्दिरमा पूजा रोकिएको सुर्खेत प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।