
इक्वेडर, कात्तिक २९ :
इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ।
कार दुर्घटनामा परेका उनको अस्पतालको आइसियुमा उपचार भइरहेको थियो। उनी ७ अक्टोबरमा दुर्घटनामा परेका थिए।
इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै एङ्गुलोको निधन फुटबल क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ। मार्को राम्रो खेलाडी मात्र नभई राम्रो मानिस समेत भएको विज्ञप्तिमा जनाइएको छ।
क्लब इन्डिपिन्डिएन्टका रक्षक रोबर्टो काबेजासको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। अहिले मार्को आबद्ध क्लब सिनसिननाटीले विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई ठूलो क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।