
रूपन्देही, कात्तिक २९ :
पोखराबाट भैरहवा लगिएका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
सहकारी ठगीबारे अनुसन्धानका लागि लामिछानेलाई हिजो पोखराबाट भैरहवा लगिएको हो ।
लामिछानेसँग हिजो मौखिक प्रश्न सोधिएकोमा आजबाट लिखित बयान लिन सुरु गरिएको रूपन्देही प्रहरीले जनाएको छ ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरेको आरोप छ ।