
ललितपुरको ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीय तथा सवारी चालकहरुलाई सास्ती भएको छ । फ्लाई ओभर छिटो नभन्दा सास्ती भोग्नुपरेको उनीहरुले बताएका छन् ।
ट्राफिक जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत स्थानीयहरूको गुनासो छ । दैनिक लाखौँको संख्यामा मानिसहरूले प्रयोग गर्ने यो सडक खण्डमा पिक आवरको समयमा ग्वार्को चोकदेखि बी एन्ड बी हस्पिटल र बालकुमारी पुलसम्म जाम हुने गर्दछ ।
२०७८ साल फागुन १२ गतेबाट निकै उत्साहका साथ ग्वार्कोमा निर्माण सुरू भएको नेपालकै पहिलो फ्लाई ओभर सबैको चासो र खुसीको विषय बनेको थियो । तर काम सुरु भएको केही महिनापछि नै डिजाइनमा समस्या देखिएपछि काम रोकिएको थियो र फेरि काम सुरु भएको छ।
दैनिक लाखौँको संख्यामा मानिसहरूले प्रयोग गर्ने यो सडक खण्डमा पिक आवरको समयमा ग्वार्को चोकदेखि बी एन्ड बी हस्पिटल र बालकुमारी पुलसम्म जाम हुने गर्दछ ।धुलो धुवाको सास्तीसंगै ट्राफिक जामको समस्या भोग्दै आएका स्थानीयवासीले फ्लाई ओभर निर्माणको काम छिटो सम्पन्न गर्न माग गरेका छन् ।
कुल १७ करोड ६८ लाख रुपैयाँ लागतमा फ्लाई ओभर निर्माण गरिदैछ ।