काठमाण्डौँ , कात्तिक ३० :

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई १५ दिनभित्र बिजुलीको बक्यौता नतिरेमा फेरि लाइन काट्ने भएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको हो। 
 
समयमा बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने सूचना मार्फत प्राधिकरणले चेतावनी दिएको छ ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरूले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । 

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेपछि प्राधिकरण सञ्चालक समितिको बैठकले अधिकांश उद्योगहरूमा लाइन जोडिसकेको जनाएको छ।