
काठमाण्डौँ , मंसिर २ :
देशभर पश्चिमी वायु तथा पहाडी भू- भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।