
काठमाण्डौँ , मंसिर ३ :
नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।
आज सुन प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, शुक्रबारको तुलनामा आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।