काठमाण्डौँ , मंसिर ३ :

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । 

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आज निधन भएको हो ।

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।