शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

लगातारको वर्षाले उपत्यकाका सडक जलमग्न, नदीहरुमा पानीको सतर्कता तह पार

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
लगातारको वर्षाले उपत्यकाका सडक जलमग्न, नदीहरुमा पानीको सतर्कता तह पार
काठमाडौँ, साउन २३ :

लगातारको वर्षाले उपत्यकाका भिभिन्न सडक थुनिएसँगै सवारीको जाम भएको छ  । ढल निकास हुन नसक्दा कतिपय घरहरु जलमग्न बुन पुगेका छन् ।

वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलाहरुमा पानीको बहावसँगै जोखिम समेत बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।

यो समाचार तयार पार्दै गर्दा उपत्यकामा पानी पर्ने क्रम रोकिएपनि काठमाण्डौँको दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, तिनकुने, थापाथली, पुतलीसडक, अनामनगर तथा ललितपुरको कुपण्डोल, सानेपा, झम्सिखेल मानभवन क्षेत्रमा ट्राफिक जाम रहेको छ । सडकमा पानी जम्मा हुँदा पैदल यात्रीरुलाई हिड्न समेत समस्या परेको देखिन्छ । पैदल यात्रीहरु भिज्दै हातमा जुत्ता चप्पल बोकेर हिडेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार