
लगातारको वर्षाले उपत्यकाका भिभिन्न सडक थुनिएसँगै सवारीको जाम भएको छ । ढल निकास हुन नसक्दा कतिपय घरहरु जलमग्न बुन पुगेका छन् ।
वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलाहरुमा पानीको बहावसँगै जोखिम समेत बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।
यो समाचार तयार पार्दै गर्दा उपत्यकामा पानी पर्ने क्रम रोकिएपनि काठमाण्डौँको दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, तिनकुने, थापाथली, पुतलीसडक, अनामनगर तथा ललितपुरको कुपण्डोल, सानेपा, झम्सिखेल मानभवन क्षेत्रमा ट्राफिक जाम रहेको छ । सडकमा पानी जम्मा हुँदा पैदल यात्रीरुलाई हिड्न समेत समस्या परेको देखिन्छ । पैदल यात्रीहरु भिज्दै हातमा जुत्ता चप्पल बोकेर हिडेका छन् ।