
काठमाण्डौँ , मंसिर ४ :
कालीकोटको शुभकालिका गाउँपालिका- ४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विद्युतको पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
चौलागाईं विद्युत सम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा लैजान लागिएको प्रहरीले जनाएको छ ।