ढिला गरि सार्वजनिक विदा दिईएपछि कर्मचारीहरु अलमल्ल
सोमबार, ४ मंसिर, २०८१ मा
प्रकाशित
फोटो गोमा
काठमाण्डौं, मंसिर ४ :
सार्वजनिक विदा ढिला गरि दिईएपछि धरैजसो सरकारी कर्मचारीहरुमा अलमल परेको देखियो । कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गर्दै थिएभने कतिपय कार्यालयमै पुगिसकेका थिए ।
बैंक लगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो भने विद्यार्थीहरु पनि विद्यालय गईसकेका थिए ।
आज बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गरेको छ ।