
काठमाण्डौं, मंसिर ४ :
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रुसभित्र लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन् ।
क्षेप्यास्त्र प्रयोग गर्न दिईएको अनुमतिलाई रुसले 'आगोमा तेल फ्याँकिरहेको' बताएको छ । यद्यपि भ्लादिमिर पुटिन आफैंले भने यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
अमेरिकाले युक्रेनलाई कुर्स्कमा रहेको रुसी भूभागको सानो हिस्सा कब्जा गर्न क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने बताएको छ ।
रुसले उत्तर कोरियाली सेनालाई कुर्स्कमा रुसीसँग मिलेर युद्ध गर्न अनुमति दिएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।
युक्रेनले यी क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गर्न अनुमति माग्दै आएको छ ।