काठमाण्डौँ , मंसिर ५ :

आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे सचेतना जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । 

विश्व शौचालय दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी रूपमा सुरक्षित सरसफाइबारे विभिन्न कार्यक्रम भइरहेका छन् ।

नेपाल खुला दिसामुक्त देश घोषणा भएको पाँच वर्षसम्म पनि पूर्ण सरसफाइले सार्थकता पाउन सकिरहेको छैन् ।