काभ्रे, साउन २३ :

काभ्रेको धुलिखेल नगरपालिका-४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृत फेला पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका-३ घर भई हाल पनौती नगरपालिका-५ नैकिनटार बस्ने भगवती भागदास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाटो हिड्ने क्रममा आज विहान ११ बजेतिर उनी ढलभित्र छिरेर बेपत्ता भएकी थिइन् ।