ब्राजिल, मंसिर ५ :

जी- २० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी-२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी- २० को भूमिकालाई दोहार्‍याउदै  अत्यावश्यक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तमान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औंल्याउदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनीहरूले घोषणापत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिदो सम्भावनालाई आत्मा साथ गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने  वाचा समेत गरेका छन् ।