काठमाडौँ, मंसिर ५ :

मेडिकल व्यवासयी दुर्गा प्रसाइँ पक्राउ परेका छन ।

प्रसाईंलाई साइबर अपराध सम्बन्धि मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँको अनुमतिमा पक्राउ गरिएको प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रसाईंले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीले विदेशमा अबैध पैसा राखेको भन्दै गलत प्रचार गरेका थिए ।

प्रवक्ता वोगटीका अनुसार प्रसाइँलाई अहिले सिआईबी केन्द्रीय कार्यालय महाराजगञ्ज राखिएको छ । उनलाई आजै म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लैजाने प्रवक्ता बोगटीले बताउनुभयो ।