सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

भारतीय अर्बपति अडानीमाथि अमेरिकामा ठगीको आरोप

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
भारतीय अर्बपति अडानीमाथि अमेरिकामा ठगीको आरोप
काठमाण्डौं, मंसिर ७ :

अमेरिकाले भारतीय अर्बपति गौतम अडानीमाथि ठेक्का अनुबन्धका लागि घुस दिने योजना बनाएको भन्दै ठगीको आरोप लगाएको छ ।

उनले अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको  बीबीसीले उल्लेख गरेको छ ।

हिजो अमेरिकाको न्युयोर्कमा एक आरोप पत्र दायर गरिएको हो । ६२ वर्षीय अडानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरुलाई रकम दिने बताएको बीबीसीले उल्लेख गरेको छ ।

सो ठेक्का योजनामा उनलाई २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।

अडानी समूहले ठगी गरिरहेको रिपोर्ट यसअघि प्रकाशित भएको थियो । तर यसको अडानीले खण्डन गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार